राजेन्द्र थापामगरबाट नेपाल पशुपंछी औषधी व्यवसायी संघकाे केन्द्रीय काेषाध्यक्ष पदमा उम्मेदवारी घाेषणा

२०८० पाैष २४/२५ पछि नेपाल पशुपंछी औषधी व्यवसायी संघले नयाँ केन्द्रीय नेतृत्व र साथमा २० जनाकाे सारथी चितवनमा पाउँदैछ । उक्त नयाँ केन्द्रीय नेतृत्व चयन गर्न देशभरका लगभग २,२०० भन्दा बढी सदस्यहरूका लगभग ४५० जना प्रतिनिधिहरूकाे महत्त्वपूर्ण भूमिका रहनेछ । संस्थाकाे गरिमा र प्रतिष्ठालाई थप उचाईंमा पुर्‍याउनकाे लागि प्रतिनिधि साथीहरूले प्रस्तुत गर्ने विवेकले नै संस्थाकाे आगामी २ वर्षकाेलागि नेतृत्व र सारथिकाे फैसला हुनेछ ।

संस्था स्थापनाकाे ३३औं वर्ष पार गर्दै गर्दा संस्थामा १२ जना केन्द्रीय नेतृत्व र थुप्रै सारथीहरूकाे ज्ञान, बुद्धि, विवेक र मिहिनेत झल्केकाेछ, फलस्वरूप आज देशभरी २२वटा जिल्ला कार्यसमितीहरू र ७ वटा प्रदेश कार्यसमितहरू र तिनका सम्पूर्ण नेतृत्वहरूबाट व्यवसाय र व्यवसायीहरूको हक, हित र अधिकारका आवाजहरू उठिरहेका छन ।
के व्यवसाय र व्यवसायीहरूको हक, हित र अधिकारले मात्र व्यवसाय र व्यवसायीहरू प्रतिको जिम्मेवारी पूरा हुन्छ त ?

केन्द्रीय काेषाध्यक्षका उम्मेदवार राजेन्द्र थापामगर भन्नुहुन्छ, मेराे विचारमा: अबकाे नेतृत्वले व्यवसाय र व्यवसायीहरूको हक, हित र अधिकार संगसंगै व्यवसाय र व्यवसायी को मान, मर्यादा र प्रतिष्ठाको समेत कुरा उठाउनु आवश्यक छ ।

व्यावसायीक मान, मर्यादा र प्रतिष्ठाकाे विषयलाइ थप प्रष्ट्रयाउदै थापामगर भन्नुहुन्छः मान, मर्यादा र प्रतिष्ठा भन्ने विषय आवाज उठाउने र कसैसँग माग्ने विषय नै हाेइन, याे त स्वयं व्यवसायीहरू आफ्नो व्यवसाय गर्दा अपनाउनु पर्ने ईमानदारीता र कायम राख्नु पर्ने अनुशासन हाे । यदि व्यवसायीहरूले आफ्नाे व्यवसाय संचालन गर्दा आफ्नाे मर्यादामा बसी ईमानदारी र अनुशासित तरिकाबाट संचालन गर्‍याैं भने मात्र त्याे सम्भव हुन्छ, नत्र एउटाले बिरायाे शाखा पिरायाे भने झै एक जना मर्यादाहिन, गैह्र जिम्मेवार, गैह्र ईमानदार र गैह्र अनुशासित व्यवसायीकाे कारणले गर्दा यस संस्थामा गाेलबन्ध २,२०० भन्दा बढी व्यवसायीहरूले नै त्याे र त्यसकाे कलंककाे बाेझ बाेकिरहनु पर्दछ, अर्काे विकल्प छैन ।

त्यसैले यस विषयमा प्रतिनिधि साथीहरूलाइ जिम्मेवारीताका साथ मनन गरेर यस २३औं साधारणसभाबाट संस्थाको विधानमा संशोधन गरी निम्न २ विषयहरू समेट्न समेत अनुरोध गर्नु भएकाे छ।

१. छुट्टै केन्द्रीय अनुशासन आयाेग बनाउने जस्ले व्यवसायीहरू मध्येबाट, व्यवसायकाे मान, मर्यादा र प्रतिष्ठामा आँच आउने गैह्र कानूनी तथा गैह्र जिम्मेवारी काम गरेकाे ठहर भएमा, नसियत दिने, निलम्बन गर्ने र निष्काशन गर्नकाेलागि केन्द्रीय कार्यसमितिमा सिफारिस गर्ने । (सदस्य व्यवसायीहरूकाे उजुरीकाे आधारमा तर उजुरी कर्ता व्यवसायीकाे गाेपनियता पूर्ण कायम राख्ने) ।

२. देशैभरका व्यवसायी र व्यवसायीका बुबा/आमा/श्रीमान/श्रीमती /छाेरा/छाेरीकाे क्षतिमा व्यवसायी राहतकाेष स्थापना गरी राहत रकम उपलब्ध गराउने जसकाेलागि सम्पूर्ण व्यवसायीले मासिक निश्चित रकम संकलन गर्ने ।

आफ्ना विचारहरू फेसबुक मार्फत प्रेसित गर्दै अबकाे १४औं राष्ट्रिय महाअधिवेशनमा केन्द्रीय काेषाध्यक्ष पदमा आफ्नाे
उम्मेदवारी घाेषणा गर्नुभएकाेछ । प्रतिनिधि साथीहरूलाइ उक्त पदमा सद्भावका साथ विश्वास र सहयाेग गर्नकाेलागि अनुराेध गर्दै, उक्त पदमा निर्वाचित भएमा भाेलीका दिनमा अग्रजहरूले झै आफुले पनि संस्थाकाे काेषकाे सुरक्षा गर्नुकाे साथै संस्थाकाे काेष थप बृद्धि गर्नकाेलागि थप कार्यक्रमका साथ पुन: व्यवसायीहरू माझ पुग्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयाे ।











Comments